काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।
यसैबीच सुनवल नगरपालिका वडा नं ०४ रुपन्देही बस्ने कृष्ण प्रसाद शर्मा र उनकी धर्मपत्नी रुका शर्माले आफ्नो प्रिय छोरी सितश्मा शर्माको शुभ बिबहाको दिनमा छोरी र ज्वाइ मिलन खनाललाई बीमा पोलिसी उपहार दिएका हुन् ।
उनीहरुले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ योजना बीमा पोलिसी छोरीको नाममा खरिद गरि आफ्नो छोरी ज्वाइलाई उपहार स्वरुप प्रदान गरेका हुन् ।
आफ्नो छोरीलाई बिबहाको १० लाखको बीमा खरिद गरि उपहार प्रदान गरेका हुन् । जन्मदिनको कार्यक्रममा परासी शाखाका प्रवन्धक दिपक क्षेत्री थापाले बीमाको महत्त्व र आवश्यकताको जानकारी गराउँदै सिटिजन लाइफ इन्स्योरेन्सको बारेमा जानकारी दिएका थिए ।
साथै एजेन्सी म्यानेजर शुुशिला भुसाल ढकाल, सिता काउचा राना, लक्ष्मी तिवारी र लक्ष्मी ढकाल थापाले नया जोडिलाई शुभकामना दिए ।