Connect IPS
IME Life

सरकारले गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले गत बैशाखदेखि गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाउदै आएको प्रतिवन्धलाई फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

सरकारले मुख्यसचिवको संयोजकत्वमा गठन गरेको कमिटीले आगामी पुदेखि आयातमा गरिएको प्रतिवन्ध फुकुवा गर्न सुझाव दिएको थियो । सरकारले सोहि कमिटीको सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । सरकारले बैशाखमा १० वटा बस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । जस मध्ये ६ वटा बस्तुको आयातमा गत भदौदेखि नै प्रतिबन्ध खुला गरिसकेको छ । अहिले सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध खुला गरेको हो ।

Prabhu
Crest

व्यवसायीहरुको निरन्तरको विरोध पछि सरकारले बाध्य भएर आयात प्रतिबन्ध फुकुवा गरेको हो । बैदेशिक मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले आयातमा प्रतिवन्ध लगाएको थियो । सोहि क्रममा सरकारले केहि समय सातामा दुई दिन सार्वजनिक विदा दिनेसम्मको निर्णय गर्यो । जुन व्यवहारिक नभए पछि फिर्ता लियो । अहिले पनि यस्ता बस्तुको आयातमा प्रतिबन्ध गर्दा सरकारले धेरै नै राजस्व गुमाउन पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

29%

दु :खी

57%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS