IME Life

नयाँ व्यवसायमा कम्पनीहरुको दयनिय अवस्था, कुन कम्पनीको प्रथम बीमा शुल्क आर्जन कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा धेरै नै डाउनफल देखिएको छ । निर्जीवन सँगै जीवन बीमा कम्पनीको पनि नयाँ व्यवसायमा भारि गिरावट देखिन्छ । हरेक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा सुधार देखिदैन । विगतका वर्षमा कम्पनीहरुको नविकरण भन्दा प्रथमको हिस्सा धेरै हुन्थ्यो ।

कार्तिक महिनासम्मको तथ्याङ्क हेर्दा प्रथम बीमा शुल्क आर्जनको हिस्सा जम्मा १९.८१ प्रतिशत मात्रै छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा नविकरण मात्रै ३६ अर्ब ८९ करोड रुपैयाँ छ । कार्तिक एक महिनामा मात्रै हेर्ने हो भने पनि कुल बीमा शुल्क आर्जन १० अर्ब २३ करोड हुँदा प्रथम जम्मा २ अर्ब २ करोड छ ।

Prabhu
Crest

जीवन बीमा व्यवसायमा जति धेरै प्रथमको हिस्सा हुन्छ त्यति नै बृद्धिदर राम्रो भएको मानिन्छ । तर नविकरणले मात्रै व्यवसाय सञ्चालन हुनु भनेको आगामी वर्षमा बीमा कम्पनीको व्यवसायमा खासै ठुलो बृद्धि नहुनु पनि हो । विगत तीन वर्षमा भएको व्यवसायका भरमा अहिले जीवन बीमा कम्पनीहरु सञ्चालन भइरहेका छन् । नविकरण धेरै हुँनु राम्रो हो तर प्रथमको हिस्सा एकदमै न्युन हुनुले राम्रो संकेत भने गर्दैन ।

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा सबैभन्दा धेरै नयाँ व्यवसाय नेपाल लाइफले नै भित्र्याएको छ । नेपाल लाइफले परिपक्व भएका बीमा पोलिसीका बीमितलाई पुनः बीमा गराइरहेको छ । धेरै उमेर भएका बीमितलाई उनिहरुको परिवारका अन्य सदश्यको बीमा गराएको छ भने अर्को तर्फ दाबी तिर्नुपर्ने रकमलाई अर्को पोलिसी मार्फत बीमा शुल्क आर्जनमा कन्भर्ट गर्ने प्रयास गरिरहेको छ । त्यसैले नेपाल लाइफले भदौ महिनासम्ममा एक अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नयाँ व्यवसायमा नेपाल लाइफको हिस्सा १९ प्रतिशतमा खुम्चिएको छ । कुनै समयमा नेपाल लाइफ एक्लैको ३५ प्रतिशत भन्दा माथि हिस्सा थियो ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफले एक अर्ब ८ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन भित्र्याएको छ । कम्पनीको बजार हिस्सा ११.८९ प्रतिशत छ । सन नेपालले ६८ करोड ८४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा ७.५५ प्रतिशत ओगटेको छ । तर यसमा वैदेशिक रोजगार बीमाको हिस्सा सर्वाधिक धेरै छ । जुन दीर्घकालिन व्यवसायका लागि त्यति फाइदाजनक छैन ।

बजार हिस्सा गुमाउनेमा एलआइसी नेपाल पनि पर्छ । कम्पनीले ४ महिनाको अवधिमा ६७ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा जम्मा ७.४५ प्रतिशतमा खुम्चिएको छ । नयाँ कम्पनी सिटिजन लाइफले भने ६० करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा ६.६० प्रतिशत ओगटेको छ ।

सबैभन्दा कम प्रथम बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ छ । कम्पनीले ७ करोड २४ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ । मर्जरका कारणले पनि प्रथम बीमा शुल्क आर्जनमा बीमा कम्पनीहरु सुस्त छन् । अभिकर्ता तथा कर्मचारी नै मर्जरका कारण अन्योलमा छन् । आर्थिक मन्दीका कारण कसै सँग पनि बचत छैन । जवसम्म मानिसहरु सँग बचत हुँदैन तवसम्म बीमाको दायरा विस्तार हुनै सक्दैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS