Connect IPS
IME Life

नविकरण बीमा शुल्कको भरमा जीवन बीमा ब्यवसाय, ४६ अर्ब आर्जन गर्दा नयाँ व्यापार ९ अर्ब ११ करोडमा सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले १ करोड ३९ लाख ४२ हजार ३ सय ९ वटा बीमालेख विक्री गरी ४६ अर्ब १ करोड १५ लाख रुपैयाँ कुल व्यवसाय भित्राएका छन् । यी कम्पनीहरुले यस महिनासम्ममा ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा शुल्कबाट मात्र कमाएका छन् भने नयाँ व्यसाय मार्फत ९ अर्ब ११ करोड ७२ लाख रुपैयाँ मात्र आर्जन गरेका छन् ।यस हिसाबमा कम्पनीरुले नयाँ ब्यापारको भरमा भन्दा पनि नविकरण बीमाशुल्को भरमा बीमा व्यवसाय चलाएको देखिन्छ ।
यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले आर्जन गरेको छ । कम्पनीले कार्तिक महिनासम्ममा १२ अर्ब ५१ करोड रुपैयाँ कुल व्यवसाय गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ४९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, यूनियन लाइफले २ अर्ब ५० करोड, एशियन लाइफले २ अर्ब २७ करोड, सिटिजन लाइफले १ अर्ब ८३ करोड, सूर्या लाइफले १ अर्ब ७१ करोड, मेट लाइफले १ अर्ब ६८ करोड, प्राइम लाइफले १ अर्ब ५३ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ४८ करोड, सन नेपाल लाइफले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

त्यसैगरी ज्योति लाइफले १ अर्ब १८ करोड, आइएमई लाइफले १ अर्ब १५ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब १४ करोड, रिलायन्स लाइफले १ अर्ब २ करोड, गुराँस लाइफले ९४ करोड ४३ लाख, सानिमा लाइफले ८१ करोड १८ लाख, प्रभु लाइफले ६७ करोड ३२ लाख र महालक्ष्मी लाइफले ५२ करोड ७३ लाख रुपैयाँ कुल ब्यापार गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS