Connect IPS
IME Life

प्रतिनिधिसभाको सम्पुर्ण नतिजा सार्वजनिक, कहाँ कसले जिते ? हेर्नुहोस सूचिसहित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आमनिर्वाचन २०७९ को प्रत्यक्ष तर्फको सम्पुर्ण नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ । प्रत्यक्ष तर्फ सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ वटा सिटमा जित हासिल गरेको छ । समानुपातिक तर्फ भने ३२ वटा सिट प्राप्त गर्न सक्ने देखिन्छ । यस आधारमा नेपाली काङ्ग्रेसले ८९ वटा सिट प्राप्त गरेको छ ।

त्यस्तै दोस्रो परिणाम नेकपा एमाले हात पारेको छ । एमालेले प्रत्यक्ष तर्फ ४४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो । समानुपातिक तर्फ भने ३३ सहित जम्मा ७७ वटा सिट प्राप्त गर्न सक्ने देखिन्छ । तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले १८ स्थानमा जितेको छ । समानुपातिक तर्फ भने जम्मा १४ वटा सहित ३२ वटा हुनेछ । प्रत्यक्ष तर्फ चौथोमा नेकपा एकीकृत समाजवादीले १० वटा सिटमा जित हासिल गरे पनि समानुपातिक तर्फ थ्रेस होल्ड कटाउन सकेको छैन ।

Prabhu
Crest

यसै निर्वाचनमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्फ ७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । समानुपातिकमा १४ सहित जम्मा २१ वटा हुनेछ । यस सँगै राष्ट्रिय स्वतन्त्र पार्टी चौथो भएको छ । प्रत्यक्ष तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७, लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजुदुर किसान पार्टी १, जनमत पार्टीले १ सिटमा जित निकालेको छ । देशभर प्रत्यक्ष तर्फ ५ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका ५७ सांसद, कसको कति मत ?

१. झापा १- विश्वप्रकाश शर्मा ३९,६२४

२. संखुवासभा १- दिपक खड्का ३२,१६१

३. तेह्रथुम १- सिता गुरुङ १९,७०७

४. मोरङ १- डिग बहादुर लिम्वु २७,२९७

५. मोरङ ३- शुनिल कुमार शर्मा ४८,६३१

६. मोरङ ६- डा शेखर कोइराला ३५,२२४

७. सुनसरी ४- ज्ञानेन्द्र बहादुर कार्की ३०,४८३

८. ओखलढुंगा १- राम हरि खतिवडा  ३३,५५६

९. उदयपुर १- डा. नारायण खड्का ३१,२७०

१० सप्तरी ३- दिनेश कुमार यादव २६,१६६

११. सप्तरी ४- तेजु लाल चौधरी २३,४९१

१२. धनुषा २- राम कृष्ण यादव २०,११२

१३. महोत्तरी ४- महेन्‍द्र कुमार राय २५,४४८

१४. रौतहट ४- देव प्रसाद तिमलसेना ३४,१६१

१५. पर्सा २- अजय कुमार चौरसिया २८,४५१

१६. पर्सा ४- रमेश रिजाल ३१,२२४

१७ रामेछाप १- पुर्ण बहादुर तमाङ ४७,०९९

१८. सिन्धुली १- श्याम कुमार घिमिरे ३०,३९१

१९. रसुवा १- मोहन आचार्य १८,२३५

२०. धादिङ २- रामनाथ अधिकारी ३४,७३६

२१. नुवाकोट २- अर्जुन नरसिंह के.सी. २८,१०७

२२. काठमाडौं १- प्रकाशमान सिंह ७,१४३

२३. काठमाडौं ३- सन्तोष चालिसे १५,१५८

२४. काठमाडौं  ४- गगन कुमार थापा २१,३०२

२५. काठमाडौं  ५- प्रदीप पौडेल १५,२६९

२६. काठमाडौं १०- राजेन्द्र कुमार के.सी. १४,४६३

२७. भक्तपुर २- दुर्लभ थापा क्षेत्री २४,२३९

२८. ललितपुर १- उदय शम्शेर ज.ब.राणा २३,८९२

२९. सिन्धुपाल्चोक २- मोहन बहादुर बस्नेत ३९,३८१

३०. गोरखा १- राजेन्द्र बजगाई ३३,४२८

३१. मनाङ १- टेक बहादुर गुरुङ २,५७५

३२. तनहुँ १- रामचन्द्र पौडेल  २५,३६१

३३. तनहुँ २- शंकर भण्डारी ३०,६०४

३४. स्याङ्जा १- राजु थापा ३१,९९९

३५. स्याङ्जा २- धनराज गुरुङ्ग ३१,४६६

३६. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १- शशांक कोइराला २७,०६७

३७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २- विष्णु कुमार कार्की ३६,१३२

३८. मुस्ताङ १- योगेश गौचन थकाली  ३,९९२

३९. म्याग्दी १ खम बहादुर गर्बुजा २४,०२१

४०. गुल्मी १- चन्द्रकान्त भण्डारी ३३,७४४

४१. कपिलवस्तु २- सुरेन्द्र राज आचार्य ३९,०१४

४२. दाङ ३- दिपक गिरी ३६,९११

४३. बाँके ३- किशोर सिह राठोर २९,०९७

४४. बर्दिया १- संजय कुमार गौतम ३०,६११

४५. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १- विनोद कुमार चौधरी २९,५१९

४६. मुगु १- ऐन बहादुर शाही ठकुरी  १४,७०६

४७. दैलेख २- दिक्पाल कुमार शाही  २०,१८३

४८. सुर्खेत १- पूर्ण बहादुर खड्का ४२,६०७

४९. सुर्खेत २- हृदयराम थानी ३४,६२५

५०. बाजुरा १- बद्री प्रसाद पाण्डे  ३१,७८६

५१. अछाम २- पुष्प बहादुर शाह २२,९५४

५२. कैलाली ४- वीर बहादुर बलायर २६,२७५

५३. कैलाली ५- डिल्लीराज पन्त २१,३९२

५४. दार्चुला १- दिलेन्द्र प्रसाद बडू २८,५१५

५५. डडेलधुरा १- शेरबहादुर देउवा २५,५३४

५६. कन्चनपुर २- नारायण प्रकाश साउद २८,१३६

५७. कन्चनपुर ३- रमेश लेखक ३०,५७५

एमालेका प्रतिनिधिसभाका ४४ सांसद

१. ताप्लेजुङ १- योगेश कुमार भट्टराई २१,९४३

२. पाँचथर १- वसन्त कुमार नेम्वाङ्ग ३२,१३५

३. इलाम १- महेश बस्नेत २५,७५३

४. इलाम २- सुवास चन्द्र नेम्वाङ्ग ३०,०२०

५. झापा २- देव राज घिमिरे २८,७१६

६. झापा ४- लाल प्रसाद साँवा लिम्बू २९,३१५

७. झापा ५- के.पी शर्मा ओली  ५२,३१९

८. धनकुटा १- राजेन्द्र कुमार राई ३०,१०१

९. मोरङ २- ऋषिकेश पोखरेल ३३,१४८

१०. सुनसरी २- भीम प्रसाद आचार्य ३२,०२४

११. सुनसरी ३- भगवती चौधरी ४०,७८८

१२. सोलुखुम्बु १- मानवीर राई  १९,३२४

१३. उदयपुर २- अम्बर बहादुर रायामाझी  १५,२५१

१४. सिराहा १- राम शंकर यादव २९,४६२

१५. सिराहा ३- लिलानाथ श्रेष्ठ २८,०६४

१६. धनुषा ३- जुली कुमारी महतो (महासेठ) ३३,३८८

१७. धनुषा ४- रघुवीर महासेठ  ३२,२३६

१८. महोत्तरी १- लझ्मी महतो काेइरी २३,४०२

१९. सर्लाही ३- हरि प्रसाद उप्रेती  ३२,९३८

२०. बारा १- अच्युत प्रसाद मैनाली ३९,१९५

२१. बारा ३- ज्वाला कुमारी साह  २०,२५१

२२. पर्सा ३- राज कुमार गुप्ता  २४,३१९

२३. काठमाडौं ९- कृष्ण गोपाल श्रेष्ठ  ११,९५६

२४. ललितपुर २- प्रेम बहादुर महर्जन १५,०२५

२५. काभ्रेपलाञ्चोक २- गोकुल प्रसाद वाँस्कोटा ४५,३४५

२६. मकवानपुर २- महेश कुमार वर्तौला ३४,९५०

२७. लमजुङ १- पृथ्वी सुब्बा गुरुङ ३४,९८५

२८. कास्की १- मन बहादुर गुरुङ्ग २५,७०८

२९. कास्की २- विद्या भटटराई  १६,९९८

३०. कास्की ३- दामोदर पौडेल वैरागी २२,९८०

३१. पर्वत १- पदम गिरी  २९,८७२

३२. गुल्मी  २- गोकर्ण राज विष्‍ट २८,४७६

३३. पाल्पा १- नारायण प्रसाद आचार्य ३१,१०३

३४. पाल्पा २- ठाकुर प्रसाद गैरे २८,६४५

३५. अर्घाखांची १- टोप बहादुर रायमाझी ४२,६७५

३६. रुपन्देही १- छविलाल विश्वकर्मा  २४,८८२

३७. रुपन्देही २- विष्‍णु प्रसाद पौडेल २७,१६५

३८. रुपन्देही ५- बासु देव घिमिरे ३६,८२२

३९. कपिलवस्तु १- बलराम अधिकारी ३४,६७५

४०. कपिलवस्तु ३- मंगल प्रसाद गुप्ता २२,६१९

४१. प्यूठान १- सूर्य बहादुर थापा क्षेत्री ४१,११८

४२. बाँके १- सुर्य प्रसाद ढकाल २५,०२६

४३. बैतडी १- दामोदर भण्डारी ३३,६११

४४. कञ्चनपुर- १ तारा लामा तामाङ २४,९४३

नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभाका १८ सांसद

१. भोजपुर १- सुदन किराती २८,५९१

२. मोरङ ४- अमन लाल मोदी ३०,६१२

३. खोटाङ १- राम कुमार राई ३१,३५१

४. सर्लाही २- महिन्द्र राय यादव २३,५२९

५. सिन्धुली २- लेखनाथ दाहाल २७,५१७

६. नुवाकोट १- हित बहादुर तामाङ २६,५४८

७. काभ्रेपलाञ्चोक १- सुर्य मान तामाङ (दोङ) ३४,५१२

८. सिन्धुपाल्चोक १- माधव सापकोटा ३०,४०८

९. गोरखा २- पुष्प कमल दाहाल (प्रचण्ड) २६,१०९

१०. बागलुङ २- देवेन्द्र पौडेल २४,७९४

११. रुकुम पूर्व १ पूर्ण बहादुर घर्ति मगर १२,२६२

१२. रोल्पा १- वर्षमान पुन ४१,७१४

१३. दाङ २- रेखा शर्मा २६,८८०

१४. कालिकोट १- महेन्द्र बहादुर शाही  २३,७२७

१५. हुम्ला १- छिरिङ डम्डुल लामा १४,३७१

१६. जाजरकोट १- शक्ति बहादुर वस्नेत ३४,१५१

१७. रुकुम पश्चिम १- जनार्दन शर्मा ३९,५४९

१८. दोलखा १- गंगा कार्की ३६,७९९

एकीकृत समाजवादीका प्रतिनिधि सभाका १० सांसद

१. रौतहट १- माधव कुमार नेपाल ३३,५२२

२. बारा ४- कृष्ण कुमार श्रेष्ठ  ३०,३४१

३. धादिङ १- राजेन्द्र प्रसाद पाण्डे ३६,०१८

४. दाङ १- मेटमणि चौधरी २६,५७६

५. सल्यान १- प्रकाश ज्वाला ३५,७०७

६. डोल्पा १- धन बहादुर बुढा ११,२९२

७. दैलेख १- अम्मर बहादुर थापा  १८,२९७

८. अछाम १- शेरबहादुर कुँवर १९,५३४

९. बझाङ्ग १- भानुभक्त जोशी २८,४१३

१०. डोटी १- प्रेम बहादुर आले २७,२१०

प्रतिनिधिसभाका जनता समाजवादी पार्टी, नेपालका ७ सांसद

१. सुनसरी १- अशोक कुमार राई १७,०५९

२. सप्तरी १- नवल किसोर साह सुडी  २३,६०४

३. सिराहा २- राज किशोर यादव  २४,१७८

४. सिराहा ४- विरेन्द्र प्रसाद महतो  २४,१०२

५. धनुषा १- दीपक कार्की  २७,४३१

६. बारा २- रामसहाय प्रसाद यादव  १३,८२२

७. पर्सा १- प्रदिप यादव  २२,५३७

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभाका ७ सांसद

१. झापा ३- राजेन्द्र प्रसाद लिङ्देन  ४०,६६२

२. मकवानपुर १- दिपक बहादुर सिंह २७,८५१

३. चितवन ३- विक्रम पाण्डे  ३५,०६०

४. रुपन्देही ३- दीपक बोहरा ३६,७१७

५. बाँके २- धवलशम्मशेर जबरा  २९,५७७

६. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २- धुब्र बहादुर प्रधान  ३४,७६४

७. जुम्ला १- ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) २२,८१९

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका ७ सांसद

१. काठमाडौं २- सोविता गौतम  १५,२३८

२. काठमाडौं ६- शिशिर खनाल १४,२२१

३. काठमाडौं ७- गणेश पराजुली  ८,७४३

४. काठमाडौं ८- विराजभक्त श्रेष्ठ  १०,११२

५. ललितपुर ३- तोसीमा कार्की ३१,१३६

६. चितवन १- हरि ढकाल  ३४,२१८

७. चितवन २- रवि लामिछाने ४९,३००

लोकतान्त्रिक समाजवादी, नेपालका प्रतिनिधि सभाका ४ सांसद

१. महोत्तरी २- शरत सिंह भण्डारी  २५,१९०

२. महोत्तरी ३- महन्थ ठाकुर १६,३७५

३. सर्लाही १- राम प्रकाश चौधरी  २४,८३८

४. रुपन्देही ४- सर्वेन्द्र नाथ शुक्ला  २८,०००

नागरिक उन्मुक्ती पार्टीका ३ सांसद

१. कैलाली १- रन्जिता श्रेष्ठ ३०,४०४

२. कैलाली २- अरुण कुमार चौधरी २१,८७१

३. कैलाली ३- गंगा राम चौधरी २३,१२०

राष्ट्रिय जनमोर्चाका १ सांसद

१. बागलुङ १- चित्र बहादुर के.सी. २१,४६४

नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिसभाका १ सांसद

१. भक्तपुर १- प्रेम सुवाल ४२,७६१

जनमत पार्टीको प्रतिनिधिसभाका १ सांसद

१. सप्तरी २- चन्द्र कान्त राउत ३५,०४२

प्रतिनिधिसभामा ५ स्वतन्त्र सांसद

१. मोरङ ५- योगेन्द्र मण्डल  २१,८२०

२. सर्लाही ४- अमरेश कुमार सिंह  २०,०१७

३. रौतहट २- किरण कुमार साह  ३२,८४२

४. रौतहट ३- प्रभु साह  ३२,४३७

५. बर्दिया २- लालबिर चौधरी २६,५२०

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS