काठमाडौं । आज नेप्से परिसुचक २४ दशमलव ४६ अंकले घटेर १,९३८ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव १२ प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फण्ड ३० का इकाईधनीले २ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । ग्लोबल आइएमई ब्यालेन्स फण्डका इकाईधनीले २ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।