काठमाडौं । आज नेप्से परिसुचक २४ दशमलव ४६ अंकले घटेर १,९३८ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ६७ करोड ४ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।