IME Life

प्रिमियरले तिर्यो अहिलेसम्मकै सर्वाधिक ठुलो दाबी,  मध्य भोटेकोशीले पायो एक अर्ब ३४ करोड

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाकाल देखिकै सर्वाधिक ठुलो दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख ४६ हजार ८७१ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मध्य भोटेकोशीको ‘इरेक्सन अल रिस्क’ बीमा गरेको थियो । सम्पुर्ण जोखिमको कभर हुने गरी बीमा गरिएकोले यति ठुलो दाबी भुक्तानी गरिएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले जानकारी दिए ।

Prabhu
Crest

गत वर्षको भदौमा बाढी जादा आयोजनाको सम्पुर्ण संरचनामा क्षति पुगेको थियो । आयोजना निर्माण स्थल भोटेकोशी नदीमा अवरल वर्ष तथा बाढीले भएको हानी नोक्सानीको क्षतिपुर्ती बापत अमेरिकी डलर एक करोड तीन लाख ३५ हजार ४३० बराबरको भुक्तानी गरिएको हो ।

प्रिमियरले आफ्नो स्थापनाकालदेखि अहिलेसम्ममा यति ठुलो दाबी भुक्तानी गरेको थिएन । उक्त दाबी रकम विदेशी पुनर्बीमा कम्पनीबाट मात्रै ९५ प्रतिशत बहन भएको छ । बाँकी दाबी नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गरेको हो । प्रिमियरले यस पोलिसीमा खासै जोखिम बहन गरेको थिएन । यहि दाबीका कारण कम्पनीले प्रोभिजनिङ गर्नु परेको थियो । दाबी भुक्तानी पश्चात उक्त प्रोभिजनिङ पनि हट्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%

खुसी

0%

दु :खी

57%

अचम्मित

0%

उत्साहित

4%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS