काठमाडौं । नेकको इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १८ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै आगामी साधारणसभामा पेश गर्न मिल्नेछ । साधारणसभाबाट प्रस्तुत लाभांश पारित भए पछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । हाल नेकको चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन अव नेकोलाई ५० करोड मात्रै भए पुग्छ ।
नेकोको विगत एक दशकदेखिको लाभांश इतिहास