IME Life

मेट लाइफको नेपालमा दुई दशकको यात्रा : १० लाख भन्दा धेरै नेपालीको बीमा गर्न सफल

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको दुई दशक पुरा भएको छ । कम्पनीले सन् २००१ डिसेम्बर ५ अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसायको सुरुवात गरेको थियो । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयका रुपमा कम्पनी सञ्चालन हुँदै आएको छ ।

दुई दशकको अवधिमा कम्पनीले १० लाख भन्दा बढि मानिसलाई जीवन बीमाद्धारा सुरक्षा प्रदान गर्दै आइरहेको छ । मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५,००० भन्दा बढी जनशक्ति विस्तार गरेको छ । यसका साथसाथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरू मार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Prabhu
Crest

मेटलाइफ नेपालले ललितपुरमा २१औं वार्षिकोत्सवको अवसरमा बीमा सचेतना वाकाथनको आयोजना गरेको छ । शनिबार भएको यस ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका ३०० भन्दा बढी कर्मचारी र बीमा अभिकर्ताहरुले सहभागिता जनाएका थिए । यस कार्यक्रमको मुख्य उद्देश्य सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउनु थियो । मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गरी सहभागीहरूलाई सम्बोधन गरेका थिए । उनले भने “देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बीमाको दायरामा नआएकाले बीमा बारे जानकारी प्रदान गर्न महत्वपुर्ण छ ।“

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ । मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ।“

मेटलाइफ नेपालका बारेमा

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

मेटलाइफको बारेमा

मेटलाइफ ईन्क. (NYSE:ET) आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनी (METLIFE) का माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS