काठमाडौं । आज शेयर बजार २ दशमलव १६ अंकले बढेर १,९६३ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ ।
बजार सामान्य अंकले बृद्धि हुँदा आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्सका लगानकिर्ताले ६ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्तका लगानीकर्ताले ६ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ११ प्रतिशतका दरले गुमाएका हुन् ।