काठमाडौं । आज शेयर बजार २ दशमलव १६ अंकले बढेर १,९६३ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज ९७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको १९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ८ करोड ७७ लाख रुपैयाँकोे शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।