Connect IPS
IME Life

राजनीतिक अन्योलताले लगानीकर्ता पर्ख र हेरको अवस्थामा, ‘वाली भित्र्याउने समयमै अन्योलता’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक अन्योलताका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । चुनावी परिणाम पछि कुनै पनि राजनीतिक दल तथा गठबन्धनको स्पष्ट बहुमत नआए पछि अन्योलता चुलिएको छ । यसै क्रममा लगानीकर्ताहरु पनि अन्योलमा देखिएका छन् ।

हरेक दिनको राजनीतिक घटनाक्रमले शेयर बजारलाई उचारचढाव बनाउने गरेको छ । यसैमा अल्पकालिन लगानीकर्ताहरुले भने राम्रो फाइदा लिइरहेका छन् । विगत एक महिनाको अवधिमा शेयर बजारमा राम्रो उतार चढाव छ । यस्तो अवस्थामा अल्पकालिन लगानीकर्ताहरुको लागि हरेक दिन अवसर हो । बजार एकोहोरो घट्यो वा बढ्यो भने लगानीकर्ताको लागि अत्याधिक जोखिम रहन्छ । तर शेयरमा कहिले बढ्ने कहिले बढ्ने रहि रह्यो भने प्राविधिक विश्लेषक तथा सूचनाको विश्लेषणकर्ताले राम्रो फाइदा लिन सक्छन् ।

Prabhu
Crest

गत साताको अन्तिम दिन नेप्से सूचक ११ अंकले सुधार भएर बन्द भयो । तर आज शेयर बजारमा सामान्य करेक्सन भयो । अध्यक्ष प्रचण्ड र नेकपा ऐमालेका नेताको छलफलले आज शेयर बजारलाई नै प्रभावित पार्यो । माओवादीले नेपाली कांग्रेसलाई धम्की दिन एमालेका शिर्ष नेताहरु सँग छलफल गरिरहेको छ । अहिलेको मतपरिणामबाट भोलिका दिनमा धेरै नै संक्रमण बढ्ने र राजनीतिक अस्थिरता मौलाउने संकेत देखिन्छ । यस्तो अवस्थामा राज्यको प्रमुख एजेण्डा अर्थतन्त्र र विकास भन्दा पनि राजनीतिक मुद्दा र विवाद समाधान नै पहिलो हुन्छ ।

अव बन्ने सरकार कस्तो हुन्छ त्यसले आर्थिक मुद्दाहरुलाई कसरी अगाडी बढाउछ भन्ने कुराले शेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्छ । आज साताको पहिलो कारोबार दिनमा अधिकाम्स समय शेयर बजार रातो देखियो । केहि केहि समयमा मात्रै हरियो देखिए पनि अन्तिममा बढेर बन्द भयो ।

अझै केहि समय शेयर बजारमा यस्तै रंग देखिनेछ । अव निर्माण हुने सरकारले लिने आर्थिक नीति र अहिलेको आर्थिक बन्दीलाई सुधार गर्न खेल्ने भुमिका के कस्तो रहन्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ ।

अवको दुई महिना शेयर बजारका लागि वाली भित्र्याउने समय हो । कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारणसभा सम्पन्न गरिसक्नु पर्छ । बाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त, उत्पादन तथा प्रशोधनमुलक कम्पनी, जलविद्युत कम्पनीहरुले यस अवधिमा साधारणसभा सम्पन्न गर्न धेरै हदसम्म प्रयास गर्छन् । त्यसैले पनि अवको दुई महिना लगानीकर्ताको बाली भित्र्याउने समय हो ।

यसै कारणले पनि बजार स्थिर भइरहेको छ । सम्पुर्ण आर्थिक सूचक सन्तोषप्रद नहुँदा नहुँदै पनि लगानीकर्ताले लाभांशको आशामा पनि शेयर खरिद बिक्री गरिरहेका छन् । यस वर्ष बैंक वित्तीय संस्थाको ध्यान बोनस शेयरमा भन्दा पनि नगद तर्फ नै जोड छ । त्यसमा पनि नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई २० प्रतिशत भन्दा माथिको लाभांशमा लगाएको अंकुश हटाएको छैन । जसले लघुवित्तको शेयरमा सुधार आउन सकेको छैन । अर्को तर्फ बीमा कम्पनीहरु मर्जरमा जानु पर्ने बाध्यताका कारण लगानीकर्तामा उत्साह छैन ।

आइतबार नेप्से सूचक २.१६ अंकले सुधार भएर १९६३ दशमलब २२ अंकमा बन्द भएको छ । ८९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ९७ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिन्छ । आज सर्वाधिक धेरै धौलागिरी लघुवित्तको शेयर मूल्यमा सुधार हुने क्रममा सर्किट लागेको छ । सबैभन्दा धेरै नविल बैंकको १९ करोड ८० लाखको कारोबार भएको छ । आज एक अर्ब ५६ करोडको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS