IME Life

निर्जीवन बीमा क्षेत्रमा ५ हजार ६ सय कर्मचारी आबद्ध हुँदा शिखर सर्वाधिक ठूलो रोजगारदाता,कुन कम्पनीमा कति ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु पनि शाखा विस्तारमा आक्रामक हुँदै आएका छन् । आलसम्म निर्जीवन बीमा कम्पनीहरुले १ हजार ६२ वटा शाखा कार्यालय विस्तार गरेका छन् । निर्जीवन बीमा कम्पनीहरु पनि सहरमा मात्र सिमित नभई देशको कुना कुनामा शाखा विस्तार गरी बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएका छन् । शाखा संजाल विस्तार गर्ने क्रमसँगै कम्पनीहरु जनशक्ति बृद्धिमा पनि उत्तिकै अग्रसर रहेका छन् । संचालित निर्जीवन बीमा कम्पनीहरुले ५ हजार ५ सय ७८ जनालाई प्रत्यक्ष रुपमा रोजगार प्रदान गरिरहेका छन् ।

बीमा प्राधिकरणको तथ्याङक अनुसार सर्वाधिक धेरै रोजगारदाता निर्जीवन बीमकको रुपमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । हाल कम्पनीको ११० वटा शाखा कार्यालय विस्तार भएका छन् । जहाँ ६३० जना जनशक्तिले प्रत्यक्ष रोजगार पाएका छन् ।

Prabhu
Crest

त्यस्तै, प्राधिकरणले प्रकाशन गरेको २०७९ असोज महिनासम्मको तथ्यांक अनुसार देशभर ७५ वटा शाखा रहेको नेको इन्स्योरेन्स कम्पनीले ४९७ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिरहेको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले ८९ वटा शाखा विस्तार गरी ४३३ जनालाई रोजगारी दिएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ४२२ जना जनशक्तिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । कम्पनीको ८२ वटा शाखा कार्यालय रहेका छन् ।

देशभर ७८ वटा शाखा कार्यालय विस्तार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४१५ जनालाई प्रत्यक्ष रुपमा जागिर दिएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४१४ जनालाई रोजगारी प्रदान गरेको छ । जसको ९४ वटा शाखा कार्यालय रहेका छन् । ६२ वटा शाखा तथा उप शाखा कार्यालय रहेका अजोड इन्स्योरेन्स कम्पनीले ३१९ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीको ६३ वटा शाखा कार्यालय छन् जहाँ ३१८ जनाले रोजगारी पाएका छन् । नेपाल इन्स्योरेन्स कम्पनीले २९० जनालाई रोजगारी दिएको छ । कम्पनीले ५९ वटा शाखा विस्तार गरेको छ ।
त्यसैगरी ४५ वटा शाखा संजाल विस्तार गरेको यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७९ जनालाई रोजगारी दिएको छ । ५० वटा शाखा कार्यालय भएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले २७८ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २७६ जनालाई रोजगारी दिएको छ । जसको ४५ वटा शाखा कार्यालय छन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३७ शाखा विस्तार गरेको छ । जसले २३९ जनालाई रोजगारी दिएको छ ।

५५ वटा शाखा कार्यालय विस्तार गरेको प्रभु इन्स्योरेन्स कम्पनीले २२६ जनालाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ । जनरल इन्स्योरेन्स कम्पनीले १९६ जनालाई रोजगारी दिएको छ । जसको ४१ शाखा विस्तार छन् । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २७ शाखा कार्यालय विस्तार गरेको छ । जसले १९२ जना कर्मचारीलाई रोजगारी दिएको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १ सय जनालाई रोजगारी दिएको छ भने कम्पनीको १६ वटा शाखा कार्यालय विस्तार छन् । राष्ट्रिय बीमा कम्पनीले ७८ जनालाई रोजगारी दिएको छ भने २१ वटा शाखा विस्तार गरेको छ १३ वटा शाखा कर्यालय विस्तार गरेको नेशनल इन्स्योरेन्सले ६७ जनालाई रोजगारी दिन सफल भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS