IME Life
Beema Board

चम्पावती हाइड्रोपावरले आब्हान गर्यो एजिएम,आइपीओ निष्काशनको विशेष प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडले १३ औं वार्षिक साधारण सभा पुस ९ गते गर्ने भएको छ । कम्पनीको मंसिर १० गतेको सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्तावलाई समेत अनुमोदन गर्ने जनाएको छ ।

Prabhu
Crest

साथै सञ्चालक समितिको गठन गर्ने प्रस्ताव समेत सभका लागि तय भएको छ । आइपीओ जारी गर्ने प्रस्ताव गरेको कम्पनीले अधिकृत तथा जारी पूाजी बृद्धि गर्ने प्रस्ताव समेत गरेको छ । यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ । लेखापरीक्षकको नियुक्ति र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

यस कम्पनीले गोरखा र लमजुङ जिल्लामा पर्ने चेपे नदीको पानी उपयोग गरी ७ मेगावाट क्षमताको चेपे ए जलविद्युत आयोजना निर्माण निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS