IME Life
Beema Board

दुई लघुवित्तले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि हालसम्म दुई लघुवित्त वित्तीय संस्थाले मात्र लाभांश प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्तले मात्र गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

आरएसडिसी लघुवित्तको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट चुक्ता पूँजीको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

संस्थाले चुक्ता पूँजी ८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित तीन प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । संस्थाको हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ८९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी जाल्पा सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७६ दशमलव ८४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसअनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ७३ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश गरि कुल ७६ दशमलव ८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभाश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

35%

खुसी

16%

दु :खी

6%

अचम्मित

16%

उत्साहित

26%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS