IME Life
Beema Board

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं  । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अतिवरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा विक्री गरिरहेको छ । उक्त शेयरमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको हकप्रद शेयर आज मंसिर १ गतेदेखि विक्रीमा ल्याएको हो ।

कम्पनीले अवितरित हकप्रद शेयर पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा विक्री गरेको थियो । उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर तेस्रो पटक लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

Prabhu
Crest

यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम् अन्य कोहि व्यक्ति एवम् संस्थाहरूले आवेदन दिन सकिनेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS