काठमाडौं । आज नेप्से परिसूचक ३ दशमलव ५१ अंकले घटेर १,९४९ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।