काठमाडौं । हिजो सामान्य अंकले बढेको नेप्से आज भने सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ५१ अंकले घटेर १,९४९ दशमलव ८५ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३८ कम्पनीको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको ४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नविल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले ३ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।