काठमाडौं । आज नेप्से परिसूचक २ दशमलव ९९ अंकले बढेर १,९५३ दशमलव ३५ को विन्दुमा कायम भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ६७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । एनसीसी बैंकका लगानीकर्ताले ५ दशमलव ५ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया स्लेक्ट फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।
एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् ।