काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६१ अंकले घटेर १,९५० दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज ३६ कम्पनीकोे शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले ६ दशमलव ११ प्रतिशतका दरले कमाएका छन् । नेपाल ल्यूब ओयलका लगानीकर्ताले ६ दशमलव ०९ प्रशिततका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।