काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश लिन बाँकी शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।
साधारण सभाले पारित गरेको पाँच वर्षसम्म पनि शेयरधनीले नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने प्रावधान भएकाले लाभांश लिन बाँकी शेयरधनीले यस सूचना जारी गरेको मितिले ३५ दिन अर्थात् पुस १७ गते सम्म शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघरमा सम्पर्क गरी लिन सक्ने बैंकले जनाएको छ ।
तोकिएको अवधिमा पनि शेयरधनीले लाभांश लिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ । साथै हालसम्ममा पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराउन समेत बैंकले भनेको छ ।