SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एन्ड डायग्नोस्टिक्सबीच लगानी सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेडका बीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एच मेडिकल एन्ड डायग्नोस्टिक्सको तर्फबाट अध्यक्ष अभिषेक दुगडले हस्ताक्षर गरेका छन् ।

एनआईबिएल एस क्यापिटलले एच मेडिकल एन्ड डायग्नोस्टिक्समा केही न्युनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा, एच मेडिकल एन्ड डायग्नोस्टिक्सले फार्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस् र अन्य उत्पादनहरु पनि उत्पादन गरी बिक्रि गर्ने लक्ष्य राखेको छ । कोभिड १९ का बीच सन् २०२१ मा एच मेडिकल एन्ड डायग्नोस्टिक्सको स्थापना भएको थियो ।

Prabhu
Crest

एच मेडिकल एन्ड डायग्नोस्टिक्सले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स संगको सहकार्यमा मेडिकल लगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । एचएमडीएलले टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा निर्मित सुलभ पीसीआर किटहरू आयात गरेर चाँडै आफ्नो छुट्टै पहिचान समेत निर्माण गरेको थियो ।

एच मेडिकल एन्ड डायग्नोस्टिक्सले कोभिड पिसिआर किट र रिएजेन्टसको अत्याधिक बिक्री गर्नुका साथै उच्च पहिचान भएका ब्रान्डको पोर्टफोलियो निर्माण समेत गरेको छ । साथै नेपालका पहाडी तथा दुर्गम क्षेत्रहरुमा पनि मोबाइल भ्यानका माध्यमबाट निदान परिक्षण गर्ने व्यवस्था ल्याएको छ ।

टाटा मेडिकल एण्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाईहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ, साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरू लाई बजारमा ल्याउने योजना समेत रहेकोे छ ।

एच मेडिकल एन्ड डायग्नोस्टिक्सले नेपालमा स्वास्थ्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदैे सम्पूर्ण राष्ट्रलाई फाइदा पु-याउने लक्ष्य समेत राखेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS