काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले एनएफआरएस अनुसार तयार पारिएको लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरणहरु पारितका लागि प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो तर्फबाट लेखापरीक्षण प्रतिवेदन तयार पारेर नियामक निकाय प्राधिकरणमा पेश गरेको हो । प्राधिकरणले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरे पछि मात्रै कम्पनीले लाभांश घोषणा गर्न पाउने छ । कम्पनीले गत आर्थिक वर्षमा लाभांश दिन सकेको थिएन । यस वर्ष लाभांश घोषणा गर्ने सम्भावना छ ।