SKIP THIS

MLBL
IME Life
Beema Board

एक वर्षमा व्याजदर दोब्बरले बढ्यो, यस्तो छ अहिलेको स्थिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको समिक्षा अनुसार बैंकहरुको व्याजदर एक वर्षकै अवधिमा झण्डै दोब्बरले बृद्धि भएको पाइएको छ । यस अवधिमा अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु बढेका छन् । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइएको अन्तर–बैंक दर २०७८ असोजमा औसत ४.९५ प्रतिशत रहेकोमा २०७९ असोजमा ८.५१ प्रतिशत कायम भएको छ । २०७९ असारमा भने यस्तो ब्याजदर ७.०१ प्रतिशत रहेको थियो ।

२०७९ असोजमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर १०.१४ प्रतिशत कायम भएको छ । २०७८ असोजमा यस्तोब्याजदर ४.८६ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधार दर २०७९ असोजमा १०.३४ प्रतिशत पुगेको छ । २०७८ असोजमा यस्तो दर ७.५७ प्रतिशत रहेको थियो ।

Prabhu
Crest

२०७९ असोजमा निक्षेपको भारित औसत ब्याजदर ८.१६ प्रतिशत पुगेको छ । २०७८ असोजमा यस्तो ब्याजदर ५.४३ प्रतिशत रहेको थियो । त्यसैगरी, २०७९ असोजमा कर्जाको भारित औसत ब्याजदर १२.१९ प्रतिशत पुगेको छ । २०७८ असोजमा यस्तो ब्याजदर ८.६९ प्रतिशत रहेको थियो ।

बजारका ब्याजदरहरु बढेको भएता पनि मुद्रास्फीति समायोजन गरेपछिको वास्तविक ब्याजदर भने २०७८ असोजको तुलनामा २०७९ असोजमा घटेको छ । २०७८ असोजमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर १.१९ प्रतिशत र कर्जाको भारित औसत वास्तविक ब्याजदर ४.४५ प्रतिशत रहेकोमा २०७९ असोजमा निक्षेपको भारित औसत वास्तविक ब्याजदर ०.३४ प्रतिशतले ऋणात्मक रहेको छ भने कर्जाको भारित औसत वास्तविक ब्याजदर ३.६९ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS