SKIP THIS

MLBL
IME Life
Beema Board

मौद्रिक समिक्षा ६ बजे पछि सार्वजनिक हुने, व्यवसायीको मागलाई संबोधन गर्न सक्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साझ ६ बजे पछाडी मात्रै मौद्रिक समिक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । आज साँझ साढे चार बजे सञ्चालक समितिको बैठक बस्न थालेको सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

सञ्चालक समितिको बैठक कम्तिमा पनि एक डेढ घण्टा बस्न सक्छ । राष्ट्र बैंकले विभिन्न विभागमा छलफल गरेर गरेका प्रस्तावमा सञ्चालक समितिले धेरै नै छलफल गर्न चाह्यो अथवा असहमति जनायो भने मात्रै समिक्षा आउन ढिला हुन सक्छ । सामान्य हिसावले पनि समिक्षा सार्वजनिक हुन कम्तिमा पनि ६ बस्ने राष्ट्र बैंकले जनाएको छ । यदि सहमति भएन वा ढिला हुने अवस्था रह्यो भने भोलि मात्रै सार्वजनिक हुन सक्छ ।

Prabhu
Crest

राष्ट्र बैंकले यस पटक व्यवसायिहरुको गुनासोलाई संबोधन गर्ने प्रयास गर्ने बुझिएको छ । व्यवसायीहरुले व्याजदरको विषयमा चुनाव अगाडी धेरै नै विरोध गरेका थिए । यस अगाडीको मौद्रिक समिक्षाले आयातलाई निरुत्साहित गर्ने नीति लिएको थियो । अर्थतन्त्रका कतिपय सूचकमा सुधार देखिएको भन्दै राष्ट्र बैंकले आयातमा सत प्रतिशत नगद मार्जिनको व्यवस्थालाई संशोधनगरि ५० प्रतिशतमा झार्ने बुझिएको छ । व्याजदरका विषयमा धेरै नै विरोध भएकाले राष्ट्र बैंकले व्याजदर तल झार्ने किसिमका मौद्रिक उपकरण प्रयोग गर्न सक्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS