काठमाण्डाै । जीवन बीमक संघ नेपालकाे साधारण सभाले पाेषक राज पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ । त्रिपुरेश्वरस्थित ब्लु स्टार मलमा शुक्रबार सम्पन्न भएकाे साधारण सभाले सिटिजन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।
नवनिर्वाचित कार्य समितिकाे उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्याेती लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री रहेका छन् । यसैगरी एशियन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ काेषाध्यक्ष चुनिएका छन् । जीवन बीमक संघका अनुसार कार्य समिति सदस्यहरूमा क्रमशः एलपि दास(एलआइसी नेपाल) , कवि फुयाल(आइएमई लाईफ) र नारायण बाबु लाेहनी (रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स) रहेका छन् ।