IME Life
Beema Board

एनसीसी बैंकले बोलायो विशेष साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कुमारी बैंकसँगैको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर एक शेयर आदानप्रदान अनुपातलाई समेत विशेष साधारण सभाले स्वीकृति प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले मर्जर प्रक्रिया पुरा गर्नका निम्ति आगामी दिनमा आवश्यक सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

सभा प्रयोजना लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS