Connect IPS
IME Life

नेशनल लाइफको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताहरुको सहभागीता रहेको कम्पनीले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र व्यवसायी बनाउदै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारका कार्यक्रमहरु संचालन बताए । सोहि क्रममा धनगढीमा यस कार्यक्रम आयोजना गरिएको उनले बताए ।

Prabhu
Crest

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । यसै गरि कार्यक्रममा उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले खादा, माला र सम्मान पत्रबाट सम्मान गरेका थिए।

कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुशी लागेको बताएका थिए ।

कम्पनीको सुदुर पश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS