काठमाडौं । चुनावपछि आज शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५० अंकले बढेर १,९३३ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनकिो शेयर मुल्य बढेको छ भने ४९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिष्टिलरीको ६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको २ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।