काठमाडौं । आज बजार ७ दशमलव ७२ अंकले घटेर १,९२१ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज १ अर्ब २ करोड २२ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ ।
आज कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।