काठमाडौं । लक्ष्मी क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालनमा ल्याएको खुलामुखी योजना शुभ लक्ष्मी कोषको इकाइमा आज मंसिर ७ गतेदेखि खरिद बिक्रि गर्न सकिने भएको छ । लक्ष्मी क्यापिटल मार्फत योजनाका इकाईहरु खरिद बिक्रि गर्न सकिने भएको हो । शेयर बजार खुला रहने दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्रि गर्न सकिने क्यापिटलले जनाएको छ ।
इकाई योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा मार्फत खरीविक्री गर्न सकिने छ । शुक्रवार, शनिवार तथा सार्वजनिक विदाको दिन भने योजनाको इकाई कारोबार नहुने जानकारी समेत क्यापिटलले दिएको छ ।
यस योजना सञ्चालनका लागि गत साउन १९ गतेदेखि भदौ २ गतेसम्म इकाई विक्री गरिएको थियो । प्रतिइकाई १० रुपैयाँ अंकित दरको ५ करोड इकाई क्यापिटलले विक्री गरेको हो । यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिने क्यापिटलले जनाएको छ ।