Connect IPS
IME Life

रिडी पावरको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का राखेको हो। कम्पनीले बिहान ११ बजे संचालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो तर त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको थियो ।

Prabhu
Crest

लाभांश प्रस्ताव गर्दा कारोबार समयमा संचालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरको ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश गरि कुल ४२ दशमलव १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS