IME Life
GBIME

आजसम्म शेयर किन्नेले नेशनल लाइफको १५% बोनश पाउने, यस्तो छ १० वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोलि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । त्यसकारण आज मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले मंसिर १८ गते ३४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।

Crest

कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ ।

यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले ३५ करोड ९५ लाख रुपैयाँ आवस्यक पर्नेछ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० वर्षमा आफ्ना शेयरधनीलाई कुल २६७ दशमलव ७१९ प्रतिशत लाभांश विततरण गरेको छ । कम्पनीको यो १० वर्षको लाभांश इतिहासलाई हेर्दा नगद लाभांशलाईभन्दा पनि बोनश शेयरलाई प्राथमिकता दिएको देखिन्छ । कम्पनीले १० वर्षको अन्तरालमा कुल २२५ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने कुल ४२ दशमलव ७१९ प्रतिशत मात्रै नगद लाभांश वितरण गरेको छ ।

यस्तो छ १० वर्षको लाभांश इतिहास
त्यसैगरी कम्पनीले आर्थिाक वर्ष २०७६/ ७७ को लागि आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश दिएको थियो । जसमा १९ प्रतिशत बोनश शेयर रहेको थियो भने १ प्रतिशत मात्रै कर प्रयोजनका लागि नगद लाभांश रहेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनश शेयर रहेको थियो भने ० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को लागि कुल १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २ दशमलव ५ प्रतिशत बोनश शेयर दिएको थियो भने १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३ /७४ को लागि कम्पनीले कुल १३ दशमलव ५ प्रतिशत बोनश शेयर मात्रै वितरण गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७२ /७३ को लागि २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७१ ७२ को लागि ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश दिएको थियो । कम्पनीले आर्थिक ववर्ष २०७० /७१ को लागि ३० प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिएको थियो । त्यसैगरी कम्पनीले २०६९/ ७० को लागि ५५ प्रतिशत बोनश र १७ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीले आर्थिक वर्ष २०६८ /६९ को लागि २५ प्रतिशत बोनश शेयर मात्रै दिएको थियो ।

कम्पनीले वितरण गरेको यो १० वर्षको लाभांश इतिहासलाई हेर्दा राम्रो लाभांश वितरण गरेको देखिएको छ । कम्पनीले १० वर्षको अन्तरालमा सबैभन्दा धेरै २०६९/ ७० मा लगानीकर्ताले पाएका थिए । त्यस वर्षमा कम्पनीका लगानीकर्ताहरुले कुल ७२ दशमलव ५ प्रतिशत लाभांश पाएका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS