काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशलाल कर्णलाई मातृ शोक परेको छ । उनको ममतामयी माता रुकमिनी देवको ८३ वर्षको उमेरमा आइतबार विहान निधन भएको हो ।
उनिलाई विगत लामो समयदेखि निमोनिया लगायतको समस्या थियो । उपचारकै क्रममा नर्भिक अस्पतालमा देवको निधन भएको हो । उनका दिनेशलाल कर्ण सहित दुई छोरा र दुई छोरी छन् ।