काठमाडौं । नेपाल लाइफले आर्थिक वर्ष २०७७/७८ मा लेखापरीक्षण पछि एक अर्ब ९६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी कम्पनीले यहि आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा ५३ करोड ५९ लाख रुपैयाँ मुनाफा देखाएको थियो ।
जीवन बीमा कम्पनीहरुले सार्वजनिक गर्ने यस्तो अपरिष्कृत वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदनमा आकाश जमिनको फरक पर्ने गरेको छ । नेपाल लाइफले सार्वजनिक गरेको २२ औ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा आर्जन गरेको मुनाफाका आधारमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । नेपाल लाइफको आर्थिक वर्ष २०७७/७८ को मुनाफा अहिलेसम्मकै सर्वाधिक मुनाफा हो । प्रतिशतका हिसावले र प्रतिशेयर आम्दानीका हिसावले कम देखिए पनि अंकमा सर्वाधिक हो । कम्पनीले यस आर्थिक वर्षको मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिदै छ । यो प्रतिशत अहिलेसम्मकै कम हो तर रुपैयाँका हिसावले सर्वाधिक हो । कम्पनीको चुक्ता पूँजी बढे सँगै प्रतिशतको अनुपात घटेको हो ।