काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । गत शुक्रबार तोलामा ९८ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ ।