GBIME
IME Life

एभरेष्ट बैंकको साधारण सभा मंसिर २६ गते, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिक साधारण सभा मंसिर २६ गते गर्ने भएको छ । बैंकले उक्त सभा लैजचौर ब्यांक्वेट लैनचौर काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

SKYWELL
Crest

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनश शेयर र ७ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५०० करोड पुर्याउने, तथा आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

बैंकले साधारण सभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

90%

खुसी

0%

दु :खी

10%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS