Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सको मुनाफा ५.६ प्रतिशतले घट्दा व्यवसाय ३० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको मुनाफा ५.६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले ८७ लाख २७ हजार रुपैयाँको नोक्सानी बापतको व्यवस्था गर्दा नाफा घटेको हो ।

खुद बीमा शुल्क आर्जन भने ३० प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा ३९ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा गत वर्षको यहि अवधिमा ३० करोड ५९ लाख आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद दाबी भुक्तानी बढेको छ । असोज मसान्तसम्ममा १८ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा १९ करोड ९० लाखको दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीले अझै एक अर्ब ३५ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गएको यहि अवधिमा एक अर्ब ६२ करोड बाँकी थियो । चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS