Connect IPS
IME Life

नेपाल लाइफको भुक्तानी अब एनपीएस मार्फत गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कं. लि ले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली मार्फत डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् । जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ भने नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

Prabhu
Crest

नेपाल लाइफले बीमा सुविधाको पहुँच हरेक नेपालीको घरसम्म पुर्याउने र नेपाललाई आर्थिक समृद्धी तर्फ उन्मुख गराउने दीर्घकालीन उद्देश्य लिई कार्य गर्दै आएको छ । कम्पनी ले विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरुको प्रयोग गर्दै डिजिटल माध्यमहरुको प्रयोग बाट आफ्नो सेवा विस्तार गर्दै आएको छ । १५ लाखभन्दा बढी बीमितहरु रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरु र २१२,३६२ अभिकर्ताहरु रहेका छन् । एनसीएचएलसँगको यस सहकार्यले नेपाल लाइफको सेवा प्रवाह थप सुदृढ हुने तथा अन्य विभिन्न नयाँ सेवाहरु सुचारु गर्न पनि थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS