Connect IPS
IME Life

१३ अंकले बढ्यो नेप्से, ८५ करोड ९४ लाखको कारोबार हुँदा १४१ कम्पनीको मुल्यमा बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ४० अंकले बढेर १,९११ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको शेयर मुल्य बढेको छ भने ३८ कम्पनीको शेयर मुल्य घटेको छ । आज लगानीकर्तामा उत्साह थपिएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीहरुले व्यापार घटाएपछि शेयर बजार घट्न थालेको छ । आज दिनभरिमा २३२ कम्पनीको २४ लाख ९४ हजार ६१२ कित्ता शेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन डिष्टिलरीको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सशवम् सिमेन्टको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS