काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले नगद लाभांश घोषणा गरेको छ । २०७९ कात्तिक २९ गते बसेको कम्पनीको संचालक समितिको १९४ औं बैंठकले नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीमा कायम रहेको चुक्ता पुँजी १ अर्व २८ करोड ८० लाख रुपैयाँको ९.४७३६ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश दिने दिने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
प्रस्तावित नगद लाभांश प्राधिकरणबाट स्वीकृत भई, आगामी वार्षिक साधारण सभाबाट पारित भई, प्रिमियर इन्स्योरेन्स लि.सँग मर्जर पश्चात एकिकृत कारोबार भएपछि सिद्धार्थ इन्स्योरेन्सका शेयरधनीहरुलाई लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।