IME Life
Beema Board

नेको इन्स्योरेन्सको मुनाफा ६ करोड ७१ लाख, कुल बीमा शुल्क आर्जन बढ्दा खुद घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक वित्तीय विवरणमा अधिकाम्स सूचकमा गिरावट देखिएको छ । कम्पनीको मुनाफा ६.६३ प्रतिशतले घटेर ६ करोड ७१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा ७ करोड १९ लाख थियो ।

त्यस्तै खुद बीमा शुल्क आर्जन पनि ८.९ प्रतिशतले घटेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ४४ करोड ४९ लाख रुपैयाँ हुँदा कुल बीमा शुल्क आर्जन भने ८२ करोड ८४ लाख रुपैयाँ छ । कुल बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिन्छ ।

Prabhu
Crest

खुद दाबी भुक्तानी भने ७.१७ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ८२ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले १० हजार वटा पोलिसीको दाबी भुक्तानी गरेको छैन ।

समिक्षा अवधिमा कम्पनीले ७८ हजार वटा पोलिसी जारी गर्दा तीन महिनाको अवधिमा २१ हजार वटा पोलिसी नविकरण गरेको छ । नेकोको चुक्ता पूँजी एक अर्ब ७४ करोड रुपैया छ । जगेडा कोषमा ५१ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS