IME Life
Beema Board

यूनाइटेड इन्स्योरेन्स खुद बीमा शुल्क आर्जन ८९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानी बढेको छ भने खुद बीमा शुल्क आर्जन घटेको छ ।

१ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २१ करोड ४५ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष ४३ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ३३ करोड ८८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो २ करोड २६ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १७ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क १९ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीले १२ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीले ३२ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS