काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष (७९/८०) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ७२ करोड ९९ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ करोड ५५ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा शून्य दशमलव ७६ प्रतिशतको गिरावट देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १३ करोड १७ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ४ करोड १५ लाख मात्र नाफामा थियो । नाफा २१७ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।
२ अर्ब १० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ३६ करोड ९५ लाख संचित छ । समिक्षा अवधिमा जगेडा कोष ४० प्रतिशतले बढेको छ ।
जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष ३० दशमलव ३० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ९३ करोड पुगेको छ ।
प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैयाँ १० पैसा र प्रति शेयर नेट्वर्थ १२० रुपैयाँ १३ पैसा छ ।
कम्पनीका अनुसार कम्पनीले २७ करोड ६१ लाख खुद दावी भुक्तानी गरेको छ भने ३८ करोड ८३ लाख दावी भुक्तानी गर्न बाँकी छ ।