IME Life
Beema Board

लुम्बिनी जनरलको खुद ब्यापार ८३ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १९ करोड ४३ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष ८१ करोड ७३ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ७५ करोड १७ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड ५१ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १९ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ८३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १३ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीले ५० करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS