IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको मुनाफा सहित अधिकाम्स सूचकमा सुधार, दाबी भुक्तानी ६६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को त्रैमाशिक वित्तीय विवरणमा अधिकाम्स सूचकमा सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा १४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा ७ करोड तीन लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६ करोड १४ लाख रुपैयाँ थियो ।

कम्पनीले यहि अवधिमा खुद बीमा शुल्क आर्जन पनि ६ प्रतिशतले बढाएर २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि २३ प्रतिशतले बढाएर ४३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

कम्पनीले समिक्षा अवधिमा दाबी भुक्तानी ६६ प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिमा क्मपनीले ५ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरे पनि अझै ९९ करोड २४ लाख रुपैयाँको दाबी तिर्न बाँकी छ ।

कम्पनीले हाल ३९ हजार वटा बीमा पोलिसी जारी गरेको छ । जस मध्ये समिक्षा अवधिमा ४ हजार वटा पोलिसी नविकरण गरेको छ । चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४३ करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी २० रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS