IME Life
Beema Board

जनरल इन्स्योरेन्सको नाफा ५० प्रतिशतले घट्दा यस्तो देखियो प्रथम त्रैमासिक वित्तीय अवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा, खुद बीमा शुल्क आर्जन घटेको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभिने सम्झौता गरी सानिमा जिआईसीको नामबाट एकिकृत कारोबार समेत गरिसकेका छन् ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले कमी हो । गत आर्थिक वर्षको ३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो १ करोड ८८ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २ प्रतिशतले कमी हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड ६ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष १४ करोड ८३ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १२ करोड ८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले ३ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी २५ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २९ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS