IME Life
Beema Board

सानिमा जनरलको नाफा ७० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा देखियो उत्साहजनक प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभिने सम्झौता गरी सानिमा जिआईसीको नामबाट एकिकृत कारोबार समेत गरिसकेका छन् ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको २ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ४ करोड १३ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क ३५ प्रतिशतले बढी हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १७ करोड १३ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष १८ करोड ६३ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १० करोड ४९ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ५० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ३७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS