IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सको मुनाफा ४७ प्रतिशतले घट्यो, खुद बीमा शुल्क आर्जन ४० करोड ४२ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा ४७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा तीन करोड २५ लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीले १० करोड ४२ लाख रुपैयाँको प्रोभिजनिङ गर्नु परेकाले मुनाफामा असर गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा ६ करोड १७ लाख रुपैयाँ थियो ।

तीन महिनाको अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन २.५३ प्रतिशतले बढाए ४० करोड ४२ लाख रुपैयाँ आर्जन गर्न गरेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन ३९ करोड ४२ लाख रुपैयाँ थियो । कुख बीमा शुल्क आर्जन भने ६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले ८५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

तीन महिनाको अवधिमा कम्पनीले ४१ हजार ६६४ वटा नयाँ पोलिसी बिक्री गरेको छ भने ३४ हजार वटा पोलिसी नविकरण गरेको छ । खुद दाबी भुक्तानी २३ करोड ३३ लाख रुपैयाँको गरेको छ । पुनर्बीमा कमिशन बापत ९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको सगरमाथाको जगेडा कोषमा ४४ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ । मुनाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँमा खुम्चिएको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS